SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०७:२३ AM · 1 मिनेट पढाइ

शैक्षिक भ्रमणमा निस्किएको स्कुल बस उदयपुरमा दुर्घटना, एक शिक्षकको मृत्यु

काठमाडौं । उदयपुरमा शैक्षिक भ्रमणमा रहेका विद्यार्थी सवार बस दुर्घटना हुँदा एक शिक्षकको मृत्यु भएको छ भने ३२ जना घाइते भएका छन् । महोत्तरीको बर्दिवासबाट शैक्षिक भ्रमणका लागि गाईघाटतर्फ जाँदै गरेको दिपज्योति एजुकेसन इङ्लिस बोर्डिङ स्कुलको बस उदयपुरगढी गाउँपालिका–७ स्थित मदन भण्डारी लोकमार्गअन्तर्गत अँधेरी जोगीटोलमा आज बिहान दुर्घटनामा परेको हो ।