ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
काठमाडौं । ललितपुर महानगरपालिकाले आफ्नो क्षेत्रभित्र पर्ने चक्रपथ खण्डलाई ‘स्मार्ट स्ट्रिट लाइट’ मार्फत उज्यालो बनाउने अभियान तीव्र पारेको छ । ‘उज्यालो महानगरपालिका’ योजना अन्तर्गत महानगरले बालकुमारी पुलदेखि बल्खुसम्मको ७.९ किलोमिटर सडक खण्डमा आधुनिक सडक बत्ती जडान कार्य अगाडि बढाएको हो ।
