महाधिवेशनपछि पार्टी र सरकारको कामको गति बढ्छ : कविन्द्र बुर्लाकोटी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा का महामन्त्री कविन्द्र बुर्लाकोटीले पार्टीभित्र हुकुमी शैली नभएको र नेतृत्व चयनदेखि नीति निर्माणसम्म लोकतान्त्रिक अभ्यासलाई प्राथमिकता दिइने बताएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले रास्वपाको महाधिवेशनको तयारी लगभग पूरा भइसकेको जानकारी दिए ।
