SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०६:५८ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशनमा ४ हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा चार हजार २०० भन्दा बढी प्रतिनिधि सहभागी हुने भएका छन् । प्रारम्भिक तथ्याङ्कअनुसार महाधिवेशनमा चार हजार २१० प्रतिनिधि रहने रास्वपाको केन्द्रीय सचिवालयले जनाएको छ । सचिवालयका सङ्गठन विभाग सचिव शङ्कर श्रेष्ठका अनुसार हालसम्मको प्रारम्भिक सूचीमा तीन हजार ८१० प्रतिनिधि समावेश छन् ।