SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०७:१३ AM · 1 मिनेट पढाइ

रामजानकी अन्तर्राष्ट्रिय रंगशाला निर्माण आगामी वर्षदेखि सुरु हुने

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले आगामी आर्थिक वर्षदेखि जनकपुरधाममा रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय रंगशालाको निर्माण कार्य सुरु गरिने बताएका छन् । मधेस खेलकुद परिषद्ले जनकपुरधाममा आयोजना गरेको ‘नेकोस कप’ राष्ट्रिय महिला टी-२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै उनले प्रदेश सरकार रंगशाला निर्माणप्रति गम्भीर रहेको बताए ।