SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०५:२७ AM · 1 मिनेट पढाइ

कांग्रेसले किन बोलायो संसदीय दलको बैठक ?

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठक दिउँसो १२ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ । दलका नेता भीष्मराज आङ्देम्बेका अनुसार बैठकमा सरकारका कामकारबाहीमाथि निगरानी बढाउन यसअघि तोकिएका विभागीय मन्त्रालयका संयोजकहरूसँग मन्त्रालयगत छलफल हुनेछ ।