SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

गण्डकीमा ट्राफिक कारबाहीबाट १२ करोड ६९ लाख रुपैयाँ राजस्व संकलन

काठमाडौं । गण्डकी प्रदेशमा चालु आर्थिक वर्षको जेठ मसान्तसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने एक लाख ४१ हजार ६३० सवारीसाधनमाथि कारबाही गरिएको छ । यसबाट १२ करोड ६९ लाख ४९ हजार रुपैयाँभन्दा बढी राजस्व संकलन भएको छ । गोविन्दराज काफ्लेका अनुसार सबैभन्दा बढी कारबाही क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनमाथि गरिएको छ ।