SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

महाधिवेशनअघि चितवनमै रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज चितवनको भरतपुरमा बस्दैछ । पार्टी सभापति रवि लामिछानेको आह्वानमा बैठक दिउँसो १ बजे भरतपुरस्थित होटल सिमटीमा आयोजना गरिएको हो । यो बैठक असार ७ देखि ९ गतेसम्म भरतपुरमा हुने पार्टीको राष्ट्रिय महाधिवेशनको तयारीका लागि बोलाइएको हो ।