दुई महिनामै विपद्का घटनामा १०५ जनाको मृत्यु, ६०५ घाइते
काठमाडौं । चालु वर्षको वैशाख १ गतेदेखि आजसम्मको करिब दुई महिना अवधिमा देशभर भएका विभिन्न विपद्जन्य घटनामा परेर १०५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार उक्त अवधिमा दुई हजार २११ वटा विपद्का घटना भएका छन् ।
