SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०४:४६ AM · 1 मिनेट पढाइ

आज कृषि तथा वन विज्ञान विश्वविद्यालयको पाँचौँ दीक्षान्त

चितवन । कृषि तथा वन विज्ञान विश्वविद्यालयले आज हुने आफ्नो पाँचौँ दीक्षान्त समारोहको तयारी पूरा गरेको छ । विश्वविद्यालयका रजिष्ट्रार प्राडा सुविर सिंहका अनुसार यस वर्ष विभिन्न सङ्काय र कार्यक्रमबाट उपाधि प्राप्त गरेका कुल २ हजार १९३ विद्यार्थी दीक्षान्त समारोहमा दीक्षित हुन योग्य भएका छन् ।