SHARE
लोक पथ · शनिबार ६ असार २०८३ ०४:५९ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशन : विदेशबाट पनि मतदान गर्न मिल्ने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी महाधिवेशनमा विद्युतीय मतदान प्रणाली प्रयोग गरिने भएको छ । रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार मतदाताले विद्युतीय उपकरणमा उम्मेदवारको नाम र फोटो छोएर मतदान गर्न सक्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले पहिलो चरणको मतदान सम्पन्न गर्न करिब छ घण्टा लाग्ने अनुमान गरेको छ ।