२२ लाख नगदसहित क्रिप्टो कारोबार गर्ने दुईजना पक्राउ
काठमाडौं । प्रहरीले स्रोत नखुलेको २२ लाख रुपैयाँ नगद र क्रिप्टो मुद्रा कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४७ वर्षीय तारालाल विश्वकर्मा र ५० वर्षीय होमबहादुर केसी रहेका छन् । उनीहरूलाई काठमाडौंको लाजिम्पाटस्थित एक बारबाट पक्राउ गरिएको हो ।
