SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०३:३८ PM · 1 मिनेट पढाइ

ईभी जाँचपास कैफियत : रसुवा भन्सार प्रमुखसहित १३ कर्मचारी निलम्बित, ५ आयतकर्तालाई कारबाही सिफारिस

काठमाडौं । रसुवा भन्सार कार्यालयका तत्कालीन प्रमुखसहित १३ जना कर्मचारीहरु निलम्बनमा परेका छन् । भन्सार कार्यालयमा सवारीसाधन भौतिक रुपमा नआइपुग्दै कागजातका आधारमा मात्रै विद्युतीय सवारीसाधन (ईभी) जाँचपास गरेको भेटिएपछि कर्मचारीहरु निलम्बनमा परेका हुन् ।