को हुन् धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष भट्ट ?
काठमाडौं । सरकारले देशको समग्र पुँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपालप्रसाद भट्टलाई नियुक्त गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पुँजीबजारको नियमन गर्ने संस्थाको प्रमुखमा कैलालीका भट्टलाई नियुक्त गरेको हो । ‘अपजसे’ नियामक निकायका रुपमा हेरिने सेबोनमा यसअघिको नेतृत्व हेर्दा अधिकांश विवादमा तानिएका देखिन्छन् ।
