SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०२:११ PM · 1 मिनेट पढाइ

०७२ देखि ०८२ विकृत राजनीतिको युग, हामी साक्षी भयौँ तर साझेदार भएनौँ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले गठबन्धन राजनीतिको कालखण्डलाई विकृत युगको संज्ञा दिएका छन् । २०७२ देखि २०८२ साल सम्मको अवधिलाई सभापति थापाले विकृत राजनीतिको युगको संज्ञा दिएका हुन् । शुक्रबार नेपाली कांग्रेसको नियमित श्रृङ्खला ग्रिन टेबलमा सभापति थापाले उक्त विकृत युगको आफूहरू केही हदसम्म साक्षी भएपनि साझेदार नभएको जिकिर गरे ।