SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ १२:१९ PM · 1 मिनेट पढाइ

मन्त्रिपरिषद् बैठकका ६ निर्णय सार्वजनिक, के–के छन् ?

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा डा. गोपालप्रसाद भट्ट (कैलाली) लाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिसहितका विभिन्न ६ निर्णय गरेको हो । त्यस्तै संघीय संसद समक्ष विभिन्न प्रतिस्थापन विधेयक पेस गर्ने निर्णय समेत गरिएको सञ्चारमन्त्री डा. विक्रम तिमिल्सनाले जानकारी दिए ।