रविविरुद्धको संगठित अपराधको अभियोग हटाउन अदालतको अनुमति
काठमाडौं । काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको संगठित अपराधको मुद्दा फिर्ता लिन अनुमति दिएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले पूर्वगृहमन्त्री समेत रहेका लामिछानेविरुद्धको मुद्दाबाट संगठित अपराधको अभियोग हटाउन अनुमति दिएको हो ।
