SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ११:५७ AM · 1 मिनेट पढाइ

महाधिवेशनले पार्टी फुट्दैन, अबको सभापति पनि रवि लामिछाने नै हो : रञ्जु दर्शना

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रञ्जु न्यौपाने (रञ्जु दर्शना) ले पार्टीको आगामी राष्ट्रिय महाधिवेशनमा सभापति रवि लामिछानेकै नेतृत्व आवश्यक रहेको बताएकी छन् । शुक्रबार संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद न्यौपानेले पार्टीको संगठन सुदृढीकरणका लागि यो पहिलो महाधिवेशन भएकाले लामिछानेको नेतृत्व अपरिहार्य रहेको जिकिर गरिन् ।