SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ १२:०० PM · 1 मिनेट पढाइ

धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए । ‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने,’ बैठकको निर्णय सुनाउँदै मन्त्री तिमल्सिनाले भनेका छन् ।