SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ १०:२६ AM · 1 मिनेट पढाइ

अदालतको फैसला सरकारको जित वा हार होइन : मुख्य रजिस्ट्रार पौडेल

काठमाडौं । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालतको फैसलालाई सरकारको जित वा हारको रूपमा बुझ्नु अत्यन्तै साँघुरो सोच हुने बताएका छन् । शुक्रबार फैसला कार्यान्वयन निर्देशनालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मुख्य रजिस्ट्रार पौडेलले कार्यपालिका र न्यायपालिकाबीचको सम्बन्ध टकराबपूर्ण नभई एक अर्काका पूरकका रूपमा रहनुपर्ने धारणा राखेका हुन् ।