SHARE
पर्दाफास · बुधबार २८ साउन २०८२ १२:५७ PM · 1 मिनेट पढाइ

आर्थिक अपराध बढ्यो : वरिष्ठ उपरीक्षक अधिकारी

पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैङ्किङ कसुरमा हुने गरेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैङ्किङ कसुर पहिलो नम्बरमा रहेको बताए ।