जसपा सांसद झाको प्रश्न- कारागारभित्र कसरी हतियार र मादक पदार्थ जान्छ ?
जनता समाजवादी पार्टीकी सांसद रञ्जुकुमारी झाले कारागारभित्र हातहतियार र मादक पदार्थ पुग्ने विषयमा गम्भीर प्रश्न उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी छन् । बुधबार बसेको प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा गृहमन्त्री रमेश लेखकलाई सम्बोधन गर्दै उनले, जेलर र सुरक्षाकर्मीको व्यवस्था हुँदाहुँदै पनि कारागारभित्र अवैध कारोबार खुलेआम भइरहेको बताइन् ।
