‘५० युनिटभन्दा बढी बिजुली खपतमा भ्याट लगाउने सरकारको नीति जनहितविपरित’
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद घनश्याम रिजालले ५० युनिटभन्दा बढी बिजुली उपभोग गरेबापत ३ प्रतिशत कर लगाउने सरकारको नीति जनहितविपरित रहेको टिप्पणी गरेका छन् । शुक्रबार राष्ट्रिय सभाअन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।
