SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ १०:०३ AM · 1 मिनेट पढाइ

जीवजन्तुमा बर्डफ्लु देखिएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द

काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाका जीवजन्तुमा बर्डफ्लु देखिएपछि चिडियाखाना अनिश्चितकालका लागि बन्द गरिएको छ । सदर चिडियाखानाले शुक्रबार एक सूचना प्रकाशित गरी यो विषयमा जानकारी दिएको हो ।  सूचनामा अर्को सूचना प्रकाशित नभएसम्मका लागि शुक्रबारदेखि चिडियाखाना बन्द गरिएको जनाइएको छ ।