SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०८:३७ AM · 1 मिनेट पढाइ

विश्वकपको दोस्रो खेल गुमाउँदै नेयमार, चोटका कारण मैदानबाहिर

काठमाडौं । ब्राजिलका स्टार फरवार्ड नेयमार डा.सिल्भा सान्तोस जुनियर विश्वकप फुटबलअन्तर्गत ब्राजिलको दोस्रो खेलमा सहभागी नहुने भएका छन् । समूह ‘सी’ अन्तर्गत हाइटीविरुद्ध हुने खेल नेयमारले पिंडुलाको चोटका कारण गुमाउने भएका हुन्। ब्राजिलियन फुटबल महासंघ (सीबीएफ) ले बिहीबार विज्ञप्ति जारी गर्दै नेयमार चोटका कारण टोलीबाट बाहिर रहने पुष्टि गरेको हो ।