SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०७:२५ AM · 1 मिनेट पढाइ

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले उठाइएको करलाई आवश्यकता र प्राथमिकताका आधारमा विवेकपूर्ण ढंगले उपयोग गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै उनले सरकारले कर संकलन र खर्च व्यवस्थापनमा सन्तुलित तथा व्यावहारिक नीति अवलम्बन गरेको स्पष्ट पारे ।