SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०७:२९ AM · 1 मिनेट पढाइ

सरकारले बिरामीमाथि कर र बिजुलीको भ्याट थपेर जनतालाई झन् सास्ती दियो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता एवं सांसद ज्ञानबहादुर शाहीले सरकारको कार्यशैलीप्रति आपत्ति जनाउँदै बजेटको सूचना चुहावट र विद्युतीय सवारी साधनको कर हेरफेरमा संसदीय छानबिन समिति गठन गर्न माग गरेका छन् ।