श्रमप्रति सकारात्मक धारणा नराख्दा मुलुकले सधैँ गरिबी झेल्नु पर्यो : हर्क साम्पाङ
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले श्रमप्रतिको सकारात्मक धारणा विकास गर्न नसक्दा मुलुकले लामो समयदेखि गरिबी झेलिरहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथिको छलफलमा भाग लिँदै उनले श्रमशक्तिको उपयोगबाट मुलुकका सम्पदालाई सम्पत्तिमा रूपान्तरण गर्न सकिने भएकाले श्रमलाई राष्ट्रिय अभियानका रूपमा अघि बढाउन आवश्यक रहेको बताए ।
