SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०६:२० AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । आज दिउसो ४ : ३० बजे सिंहदरबारमा बस्नेगरी बैठक आह्वान भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा समसामयिक विषय र सरकारको काम कारबाही तथा अन्य विषयमा छलफल हुने बताइएको छ ।