SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०३:२० AM · 1 मिनेट पढाइ

विश्वकपमा मेक्सिकोको लगातार दोस्रो जित, समूह चरणमा उत्कृष्ट प्रदर्शन

काठमाडौं । विश्वकप फुटबलको समूह चरणमा मेक्सिकोले लगातार दोस्रो जित दर्ता गर्दै आफ्नो प्रभावशाली प्रदर्शनलाई निरन्तरता दिएको छ । समूह ‘ए’ अन्तर्गत दक्षिण कोरियाविरुद्ध भएको खेलमा मेक्सिकोले १-० को कठिन जित निकाल्यो । यससँगै मेक्सिकोले प्रतियोगितामा लगातार दोस्रो सफलता हात पारेको हो । यसअघि पहिलो खेलमा मेक्सिकोले दक्षिण अफ्रिकालाई २-० ले पराजित गरेको थियो ।