SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०४:०९ AM · 1 मिनेट पढाइ

रास्वपाको महाधिवेशन तयारी कति अघि बढ्यो ?

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी चितवनमा तीव्र रूपमा अघि बढेको छ । यही असार ७ देखि ९ गतेसम्म हुने महाधिवेशनका लागि व्यवस्थापन, प्रतिनिधि समन्वय तथा सभाहल निर्माणको काम सुरू गरिएको पार्टीले जनाएको छ ।