कक्षा १२ को परीक्षामा ६४.३१ प्रतिशत परीक्षार्थी उत्तीर्ण, ४० जनाको परीक्षा रद्द
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष सञ्चालन गरेको कक्षा १२ को परीक्षामा नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ परीक्षामा सहभागी कुल ३ लाख ३२ हजार २४१ विद्यार्थीमध्ये २ लाख ३१ हजार ७७० जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् । यसैगरी आंशिकतर्फ ३६ हजार ४२० जना उत्तीर्ण भएका छन् ।
