SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०२:५८ AM · 1 मिनेट पढाइ

राप्रपाको केन्द्रीय समिति बैठक आजदेखि, राजनीतिक घटनाक्रम र आन्तरिक विषयमा छलफल हुने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आजदेखि काठमाडौंमा सुरु हुँदैछ । बैठकमा पार्टीका आन्तरिक संगठनात्मक विषयका साथै पछिल्लो राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल हुने जनाइएको छ। पार्टीको भावी रणनीति, संगठन सुदृढीकरण तथा समसामयिक राजनीतिक अवस्थाबारे नेताहरूबीच विचारविमर्श हुने बताइएको छ ।