प्रतिनिधिसभाको बैठक आज बस्दै, विभिन्न अध्यादेश र विधेयक प्रस्तुत हुने
काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ । बैठकमा आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ प्रस्तुत गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । कार्यसूचीअनुसार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ सदनमा प्रस्तुत गर्नेछन् ।
