SHARE
लोक पथ · शुक्रबार​ ५ असार २०८३ ०२:१० AM · 1 मिनेट पढाइ

नेपाली चिया निर्यातको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली चिया निर्यातमा देखिएको अवरोध हटाउन सरकार कूटनीतिक तहबाट सक्रिय पहलमा रहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासङ्घ का अध्यक्ष अन्जन श्रेष्ठ नेतृत्वको टोलीले सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा मन्त्री खनालसँग भेट गरी नेपाली चिया भारत निर्यातमा देखिएको समस्या समाधानका लागि कूटनीतिक पहल गरिदिन आग्रह गरेको थियो ।