‘प्रहरी हुँ’ भन्दै धम्की दिने पक्राउ, साथबाट वाकीटकी र प्रेस कार्ड बरामद
काठमाडौं । वाकीटकी नै बोकेर प्रहरी हुँ भन्दै विभिन्न व्यक्तिलाई धम्क्याउँदै हिँड्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–३ का ४७ वर्षीय शैलेश डंगोल रहेका छन् । बुधबार राति साढे ९ बजे आसपासको समयमा प्रहरी हुँदै भन्दै प्रहरीले सञ्चारका लागि प्रयोग गर्ने वाकीटकी सेट देखाइ धाकधम्की दिएको खबर प्रहरीमा पुग्यो ।
