‘सुकुमबासी बस्ती हटाउन कुनै पनि स्थानमा सेना परिचालन गरिएको थिएन’
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा नेपाली सेनालाई कुनै पनि स्थानमा परिचालन नगरेको स्पष्ट पारेका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’को तर्फबाट जवाफ दिँदै अर्थमन्त्री डा. वाग्लेले यस्तो बताएका हुन् ।
