निर्मला पन्तको शवमाथि राजनीति भयो, छिट्टै दोषीलाई कारबाही गर्छौँ : गृहमन्त्री
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले निर्मला पन्त हत्या प्रकरणलाई सरकारले उच्च प्राथमिकतामा राखेर सुक्ष्म अनुसन्धान गरिरहेको बताएका छन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा गृह मन्त्रालयको बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
