SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ११:२८ AM · 1 मिनेट पढाइ

जन्मदिनकै दिन महराको ‘सरप्राइज’, छाडे पार्टी

काठमाडौं । कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । उमेरले बिहीबार (आज)बाट ७० वर्ष पुगेका महराले शारीरिक कारणले नेपाली कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिबाट विश्राम लिएको घोषणा गरे । पूर्व सभामुख समेत भइसकेका महराले आफूले विभिन्न रोगका कारण सक्रिय हुन नसक्ने समेत जानकारी गराएका छन् ।