SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ १२:०९ PM · 1 मिनेट पढाइ

‘हामी पानी बाँड्ने मान्छे’ भन्दै रोष्ट्रममै हाँसे गृहमन्त्री

काठमाडौं । बिहीबारको प्रतिनिधि सभा बैठकमा मन्त्रालयगत बजेटका विषयमा सांसदहरुले उठाएको प्रश्नमा मन्त्रीहरुले जवाफ दिए । गृह मन्त्रालयगत सांसदहरुले उठाएको प्रश्नमा गृहमन्त्री सुधन गुरुङले जवाफ दिए । सो क्रममा मन्त्री गुरुङ खित्का छाडेर हाँसेको विषयले केहीबेर संसद नै हाँसोले गुन्जयमान भएको थियो । बोलिरहेका गृहमन्त्री गुरुङले रोष्ट्रममै पानी पिए ।