राष्ट्रिय आर्थिक गणना अन्तिम चरणमा, हालसम्म झण्डै १३ लाख प्रतिष्ठान सहभागि
काठमाडौं । राष्ट्रिय आर्थिक गणना, २०८२ अन्तिम चरणमा रहेको छ । गणनामा यही असार ३ गतेसम्म १२ लाख ९८ हजार प्रतिष्ठान सहभागी भएका छन् । कार्यालयका प्रवक्ता ढुण्डीराज लामिछानेका अनुसार कार्यालयले गत वैशाख २ गतेदेखि असार ७ गतेसम्मका लागि राष्ट्रिय गणना अभियान अघि बढाएको छ ।
