SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ १०:४१ AM · 1 मिनेट पढाइ

रास्वपा महाधिवेशनको अनुमानित खर्च कति ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी महाधिवेशनका लागि करिव ४ करोड रुपैयाँ खर्च हुने अनुमान गरेको जनाएको छ । बिहीबार पार्टीको सचिवालय बैठकको निर्णय सुनाउँदै पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त जानकारी दिएका हुन् । उनका अनुसार महाधिवेशनको खर्च प्रतिनिधिहरूबाट उठाइने दर्ता शुल्क र पार्टीका सदस्य तथा शुभेच्छुकहरूबाट प्राप्त सहयोग मुख्य स्रोत हुने बताए ।