‘ठेकेदारको खुट्टा भाँचिदिनू’ भन्ने अभिव्यक्तिबारे मन्त्रीले दिए स्पष्टीकरण
काठमाडौं । केही दिनअघि ठेकेदारको खुट्टा भाँचिदिनू भन्ने अभिव्यक्ति विवादमा परेपछि भौतिक पूर्वाधारमन्त्रीले स्पष्टीकरण दिएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै स्पष्टीकरण दिए । उनले आफूहरुले कुनै पनि निर्माण व्यवसायीलाई हतोत्साहित गर्न नखोजेको भन्दै घुमाउरो भाषामा स्पष्टीकरण दिएका हुन् ।
