सांसदहरुलाई मन्त्री लम्सालको आश्वासन : निर्धक्क भए हुन्छ, ठूला आयोजनाका लागि बजेटको अभाव हुन्न
काठमाडौं । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले ठुला आयोजनाका लागि पर्याप्त बजेटको व्यवस्था रहेको बताएका छन् । बिहीबार प्रतिनिधि सभा बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरुले राखेका प्रश्नको जवाफ दिँदै उनले राजमार्गसहितका ठूल्ठूला आयोजनाको लागि आवश्यक बजेटको व्यवस्था गरिएको दाबी गरेका हुन् ।
