SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०७:१९ AM · 1 मिनेट पढाइ

भुटानी शरणार्थीको समस्या समाधान गर्न हर्क साम्पाङको माग

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले दशकौँदेखि शरणार्थी जीवन बिताइरहेका भुटानी नागरिकहरूको समस्याप्रति राज्य गम्भीर बन्नुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले स्वदेश फर्कन नसकेर शरणार्थीका रूपमा बाँचिरहेका भुटानी नागरिकलाई स्वदेश फिर्ता गराउने पहल गर्न सरकारसँग माग गरे ।