SHARE
लोक पथ · बिहीबार ४ असार २०८३ ०६:१० AM · 1 मिनेट पढाइ

नारायणी नदीमा हाम फालेका वृद्धको सशस्त्रद्वारा सकुशल उद्धार 

काठमाडौं । पूर्वी नवलपरासी जिल्लाको गैँडाकोट नगरपालिका–२ स्थित नारायणी नदीमा हाम फालेका एक वृद्धको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।  सोही जिल्लाको देवचुली नगरपालिका–११ धारापानी बस्ने ६२ वर्षीय झनकप्रसाद पौडेल आज असार ४ गते बिहान उक्त नदीमा हाम फालेका थिए ।