वीरगन्जमा ‘बृहत महिला सम्मेलन’ हुँदै
वीरगन्ज : विभिन्न पेशा र उद्यममा रहेका महिलाहरूलाई प्रोत्साहित गर्ने उद्देश्यले वीरगन्जमा ‘बृहत महिला सम्मेलन २०८२’ आयोजना गर्न लागिएको छ। वीरगन्ज उद्योग वाणिज्य संघको महिला उद्यमशीलता विकास समितिले वीरगन्जमा आगामी भदौ १४ गते ‘बृहत महिला सम्मेलन २०८२’ आयोजना गर्न लागेको हो। शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघको सभाकक्षमा पत्रकार सम्मेलन गरेर समितिले ‘बृहत महिला सम्मेलन २०८२’ का बारेमा जानकारी गराएको हो।
