SHARE
अन्नपूर्ण · आइबार​ १४ मंिर २०८३ ०७:०० AM · 1 मिनेट पढाइ

हिजाब नलगाई गीत गाएको भन्दै इरानी गायिकालाई ७४ कोर्रा

तेहरान (एजेन्सी) : इरानमा चर्चित गायिका परस्तु अहमदीलाई हिजाब नलगाई सार्वजनिक रूपमा गीत गाएको अभियोगमा ७४ कोर्रा हानिएको छ। उनीसँगै उनका सांगीतिक टोलीका चार सदस्यलाई पनि समान सजाय दिइएको छ।२९ वर्षीया अहमदीलाई गत नोभेम्बर २३ (सोमबार) मा इरानको धार्मिक सहर कोममा कोर्रा हानिएको हो। उनका वकिल मुस्तफा निलीलाई उद्धृत गर्दै इरानी सञ्चारमाध्यम इम्तेदादले यसबारे समाचार सार्वजनिक गरेको छ।