लगानीकर्ताको बढ्दै मनोबल, सुधार हुँदै सेयर बजार
काठमाडौं : दसैं, तिहार र छठ पर्वका बेलामा घटेको सेयर बजारले चाडपर्व सकिएपछि पनि गति लिन सकेन। चाडपर्वको अवधिमा आर्थिक कारोबार बढे पनि लगानीकर्तामा उत्साह नदेखिँदा नेप्सेमा वृद्धि हुन सकेन।अब भने लगानीकर्ताको मनोबल केही बढेसँगै सेयर बजारमा पनि सुधारका संकेत देखिन थालेका छन्। मंसिरको दोस्रो सातामा पाँच दिन सेयर कारोबार भएकोमा नेप्से तीन दिन बढेर दुई दिन घट्यो। अघिल्लो साता चार दिन कारोबार भएकोमा नेप्से एक दिन सामान्य अंकले बढेर तीन दिन उच्च अंकले घटेको थियो।