हुम्लाको मास्पुरमा पुग्यो इन्टरनेट
हुम्ला : भौगोलिक विकटताका कारण लामो समयदेखि सञ्चार तथा इन्टरनेट सेवाबाट वञ्चित हुम्लाको ताँजाकोट गाउँपालिका–३ स्थित मास्पुर गाउँमा पहिलो पटक इन्टरनेट जडान गरिएको छ। नेपाल ट्रस्ट र सीप नेपालको आर्थिक सहयोगमा मास्पुर स्वास्थ्य चौकीमा इन्टरनेट सेवा सञ्चालनमा ल्याइएको छ।गाउँमा हालसम्म इन्टरनेटको पहुँच नहुँदा स्थानीयवासी सूचना तथा सञ्चार सेवाबाट टाढा रहँदै आएका थिए।